२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयता कार्यान्वयन गर्न दाहाल, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता मजबुत पारेर देश बदल्न अब शासकहरूले कन्जुस्याइँ गर्न नहुने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले शासकको कन्जुस्याइँले स्थानीय तह र प्रदेशहरू पाएको अधिकारबाट पनि वञ्चित रहेको बताए ।

उनले भने, ‘सङ्घीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ भएको छ । अब दिल खोलेर अधिकार दिनुपर्छ । अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन ।’

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले संविधानले प्रदेशलाई दिएको अधिकार समेत नपाएको र सोही कारण सङ्घीयता खतरामा परेको राष्ट्रपति पौडेलसँग गुनासो गरेका थिए ।

उनले राष्ट्रपति पौडेललाई भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि नै तपाई राष्ट्रपति बन्नु भो । म मुख्यमन्त्री बनेको छु । तर सङ्घीयता कार्यान्वयन नभएपछि जनता निराश भएको छ ।’

निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास दिलाए । राष्ट्रपति पौडेलले प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई बोलाएर स्थानीय तह र प्रदेशलाई अधिकार दिनेबारे सम्झाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘खासगरी देशका तीन जना मुख्य शासकहरू ‘प्रचण्ड’, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याइँ नगर्नुस् । तीन जना चाहनुहुन्छ भने देश बदलिन्छ । सङ्घीयता बलियो हुन्छ । म तीनै जनालाई बोलाएर सम्झाउँछु ।’