२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन्।

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ।  

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेतृत्वको सरकार संविधानको धारा १६८(५) अनुसारको हो। कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ।

सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरुद्धमा गई कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो।यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिए पनि शनिबार नै काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शशाङ्क कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए।

लगत्तै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका थिए। केन्द्रीय नेताहरुले सहमति गरेपनि प्रदेशमा कार्कीसँग माओवादी रुष्ट छ। माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए।