२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ कसुर मुद्दाका दुई फरार अभियुक्त पक्राउपछि जेल चलान

अ+ अ-

झापा। जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।

पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र बिर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।

उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, रू. पाँच लाख जरिवाना र रू. २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो ।

सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, रू. सात लाख ५० हजार जरिवाना र रू. ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो ।

शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी आज जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

आफ्नै भिनाजुको हत्यामा संलग्न बुद्धशान्ति गाउँपालिका-५ का ३५ वर्षीय रोशन अधिकारी पक्राउ परेका छन् । सूचना अधिकारी रिजालका अनुसार अभियुक्त अधिकारी कात्तिक २२ गते राति भिनाजु नाता पर्ने ४५ वर्षीय धनबहादुर कटुवाललाई घरायसी विवादमा खुकुरीले प्रहार गरेर हत्या गरी फरार भएका थिए ।