२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी

अ+ अ-

काठमाडौँ । स्वतन्त्र नागरिक समूहले एनसेल खरिद बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ । शनिबार काठमाडौँको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनका सहभागीहरुले राज्यको कर छल्न पाइँदैन, भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ, दुई परिवार बचाउन छानबिनको नाममा नाटक मञ्चन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा नागरिक आन्दोलनका सह प्रवक्ता राजानन्द माण्डवीले एनसेल खरिदबिक्री प्रकरण छानबिन समिति बनाए पनि आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको भन्दै त्यसको विरुद्धमा विरोध प्रदर्शन गरेको बताए । उनले सरकारमा बसेकाहरुले नै देश लुट्ने काम गरिरहेको भन्दै गरिबलाई झन गरिब बनाइरहेको बताए । 

उनले भने, ‘हामीले जसलाई सरकार चलाउन पठायौँ, तिनैले आज देशलाई लुट गरे । पुँजी हुनेलाई झन् पैसा वृद्धि गराए, नहुनेलाई गरिबमाथि गरिब बनाए । सरकारलाई अनुरोध छ, छानबिनका लागि गठन गरिएको समितिले पनि केही गर्नेवाला छैन । समिति पनि आफ्नै आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको छ । त्यसैले आन्दोलनमा आएका हौँ ।’