काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ ।
विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।
सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लिएका थिए ।
भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।