काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।