काठमाडौँ । गृह मन्त्रालयले अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्लाका सिडिओलाई निर्देशन दिएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले आ-आफ्ना जिल्लामा रहेका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।
“मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना/योजना सञ्चालन गर्न कार्यालय/निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरूको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,” गृहको पत्रमा उल्लेख छ ।