काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्धारित पोसाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवा प्रयोग गर्न परिपत्र गरेको छ ।
भाडाका गाडीले समेत एकीकृत परिवहनमा सर्वसाधारणलाई चढाएको भन्दै चालकलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि मन्त्रालयले सरकारको निर्धारित पोसाक लगाएकालाई मात्रै एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्न परिपत्र गरेको हो ।
मन्त्रालयले एकीकृत परिवहन सेवाको गाडी प्रयोग गर्ने कर्मचारीले सरकारबाट तोकिएको पोसाक नलगाउँदा कर्मचारी वा सर्वसाधारण को हो एकिन गर्न गाह्रो भएको जनाएको छ । सिंहदरवारलगायत विभिन्न सरकारी कार्यालयले बिहान कार्यालय आउँदा र साँझ घर फर्किन एकीकृत परिवहन सेवा सञ्चालन गर्दै आएको छ ।