काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरवामा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।
सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले भवन निर्माणको अवस्था र इन्टेरियर डिजाइनका बारेमा अध्यक्ष दाहाललाई जानकारी गराएको हो । टोलीले सिंहदरवारस्थित दाहालकै कार्यकक्षमा शुक्रवार जानकारी गराएको हो ।
सो अवसरमा अध्यक्ष दाहालले आन्तरिक प्राविधिक पक्षमा चासो व्यक्त गर्दै समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । संसद्को नयाँ भवन अत्याधुनिक र सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले निर्माणका क्रममा संघीय संसद सचिवालयसँग आवश्यक समन्वय गर्न पनि आग्रह गरे ।