काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गएराति बा प्र ०२-०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।