२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशको शिर निहुरिने काम गर्दिनँ’ -प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै विकासमा छिमेकीको सहकार्य जुटाइने बताएका छन्। चैत २३ देखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले दुई देशबीच नयाँ सम्झौताभन्दा पुरानै सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारे।

आफ्नो भारत भ्रमणबारे मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले नयाँ सम्झौताको चाङ लगाउने भन्दा पुराना कार्यान्वयन र विकासमा सहकार्यको खोजी गरिने बताए।

‘देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने कुनै काम हुँदैन, गरिँदैन,’ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा भने, ‘विकासमा सहकार्यका साथ ठूलै लाभ लिने प्रयत्न हुनेछ।’

अघिल्लो पटकको भारत भ्रमणमा पनि आफूले नयाँ सम्झौता नगरेको भन्दै ओलीले यसपटक पनि पुरानै सम्झौता कार्यान्वयनमा जोड दिइने बताए। ‘यसपटक पनि सम्झौताको चाङ लगाउने भन्दा पनि पुराना कसरी कार्यान्वयन गर्ने भन्नेमा जोड रहन्छ’, ओलीले भने, ‘नयाँ हुँदा पुराना बिर्संदै जानु हुन्न।’

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध र मित्रता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसै–कसैले त्यो सम्बन्ध बिगार्न खोजे पनि बिग्रँदैन र सप्रने ठाउँमा आइपुग्छ।’

नेपालले कसैप्रति अर्गेल्याइँ नगर्ने उल्लेख गर्दै ओलीले आफ्ना हितअनुकूल राखियो भने ‘सुन्न’ तयार हुनुपर्ने बताए। देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर नेपाल–भारत सम्बन्ध सुदृढ र मजबुत बनाई भ्रमणलाई उपलब्धिमूलक बनाइने ओलीले बताए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 Comments