काठमाडौँ। गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ ।
बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको हो । खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउन्ड हवाइ फायर गरेको हो । गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जले टोलीले तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने क्रममा सेनाले हवाइ फायर गरेको हो ।
घटनास्थलबाट १ जना पक्राउ परेका छन् । उनीसँग खाग रहेको भन्ने सूचना आएको निकुञ्ज स्रोतले जनाएको छ ।