काठमाडौँ । लोक सेवा अयोगले प्रहरी सहायक निरीक्षक(जनपद) पदको लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दे मधेश प्रदेश प्रहरी तालिम केन्द्रबाट छनोट भएका प्रयोगात्मक लिखित परीक्षाको लागि मिति निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरीको विज्ञापन नम्बर ०२/०८१-८२ (खुला /समावेशी) प्रहरी सहायक निरीक्षक (जनपद) पदको उम्मेदवारहरूको लिखित परीक्षाको भवन कायम गरिएको छ ।









