७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‍गगन थापाले भने-शीर्ष नेता संघीयताप्रति उदार बन्न सकेनन्

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रियामा उनले भने, ‘शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको हो ।’

‘हामी राजनीतिक दलका नेताहरू जसले यो शासकीय जिम्मेवारी लिन्छौँ, हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ’ उनले भने, ‘हाम्रो यसमा रुचि छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन ।’

महामन्त्री थापाले शीर्ष नेताहरू संघीयताप्रति अनुदार हुँदा विकासका कामहरू हुन नसक्ने बताए । नयाँ र क्षेत्रीय दलहरूसँग सरकारमा सहकार्य गर्दा पनि उनीहरूले पनि अडान राख्न नसकेको उनले बताए ।

‘मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे–जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन,’ उनले भने, ‘संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन ।’

दलका नेताले बाहिर र भित्र फरक कुरा गर्ने उनको आरोप थियो । ‘सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमा हुन्छौँ, सबै मिल्छौँ। यसले गर्दा दुर्घटना हुने भयो ।’

महामन्त्री थापाले संघीयता नेपालमा अनवरत चल्ने र प्रदेशहरू रहिरहने बताए । यो संवैधानिक व्यवस्थाको रक्षा गर्छु भन्नेहरूले पनि यसलाई कामकाजी, प्रभावकारी र नतिजामुखी नबनाउँदा परिणाम नआएको उनको तर्क छ ।

उनले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस