काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा कर्णाली प्रदेश अन्तरगत विभिन्न सेवा समूहका पाँच जना कर्मचारीलाई उपसचिव (नवौँ तह)मा बढुवा गरेको छ।
बढुवा समितिको १९ र २० गते बसेको बैठकले प्रदेश इन्जिनियरिङ सेवा अन्तर्गतका सिभिल जनरल, सिभिल इरिगेसन र प्रदेश स्वास्थ्य सेवाका आयुर्वेद जनरल आयुर्वेद, आयुर्वेद र काया चिकित्सक समूहका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
