काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित २ जनाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलले कार्यकारी निर्देशक पदमा रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा बिहीबार अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ ।