तनहुँ । नेपाल निजामती कर्मचारी युनियनले तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडा सचिव नवीन भुसालमाथि भएको हातपातप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेको छ।
सोमबार कार्यस्थलमै वडा अध्यक्ष बल बहादुर गुरुङले वडा सचिव भुसालमाथि गालीगलौज गर्दै हातपात गर्दा सचिव भुसाल घाइते भएका छन्। यो घटनाप्रति कडा आपत्ति जनाउँदै नेपाल निजामती कर्मचारी युनियनले निर्वाचित जनप्रतिनिधिबाटै राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र आपत्तिजनक भएको बताएको छ।
कर्मचारी युनियनले यस्ता अमानवीय घटनाले प्रशासनिक प्रणालीलाई कमजोर बनाउने भन्दै दोषीलाई कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै, राष्ट्रसेवक कर्मचारीहरूले भयरहित वातावरणमा काम गर्न सक्ने गरी कार्यालयमा भरपर्दो सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।
सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
सम्बन्धित समाचार : वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग








