काठमाडौँ । अवैध लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्युरोले जनाएको छ ।
अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल-भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पाएको थियो ।
असई नवीनकुमार शाहीसहित टोलीलाई ब्युरोले परिचालन गरेको थियो । असई शाहीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।