११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले भने-‘राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका छन् । 

आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन् । 

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गल्ती र कमजोरी भएको छ भने सुधारेर जाने हो । नागरिकले प्रश्न गर्ने हो । सुधार गर्ने हो । कुनै लोकतन्त्रको विरुद्ध निरंकुशता हुन सक्दैन,’ उनले भने, ‘राष्ट्रप्रति र नागरिकप्रति हामीलाई जिम्मेवार बोध भएको छ । सुधारेर जानेमा प्रतिबद्ध छौँ । हुकुम नै कानुन हुने राजतन्त्रको पद्धति उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नुहुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ ।’

गृहमन्त्री लेखकले राजाको निरंकुश शासनको बारेमा थाहा नभएकाहरू भ्रममा बस्न नहुने भन्दै राजाहरूलाई प्रश्न गर्न नपाइने इतिहास स्मरण गराए । ‘राजतन्त्रको शासन नदेखेको मान्छे पनि यहाँ हुनुहुन्छ, १८ वर्षअघि राजाको शासन थियो । अहिले युवाहरूलाई राजसंस्थाबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोध्नुहोस् ? मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइँदैन । प्रश्न गर्ने कोशिस गर्‍यो भने जेल जानुपर्छ । जति यो देशमा राजाको शासन रह्यो, कुनै पनि नागरिकले राजालाई प्रश्न गर्न सकेनन् । आज प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई प्रश्न गर्दैछौं,’ उनले भने।

राजाले गल्ती गर्दा पनि कानुनी कारबाही नहुने भन्दै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ ।

‘राजाले गल्ती गर्‍यो भने राजामाथि कानुनी कारबाही पनि हुन्छन् । लोकतन्त्रमा त गल्ती गर्दा सबैमाथि कारबाही हुन्छ । हामीले फेरि त्यही व्यवस्था चाहेको हो ?,’ उनको प्रश्न छ । 

आलोचनाभन्दा बाहिर र संविधानभन्दा माथि हुकुमै कानुन हुने राजतन्त्रको पद्धति उचित हुन्छ भनेर युवाहरू भ्रममा परे देश अँध्यारोमा जाने गृहमन्त्री लेखकले बताए । राजाको शासन कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखिएको उनको भनाइ छ ।

‘राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखियो । हामी राजाका समर्थक हौँ । फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्युँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो तरिका ? राजाको शासन ल्याउँछु भन्नेहरूबाट घरमा आगो लगाएर पत्रकारलाई ज्युँदै पोल्ने काम भएको छ । यसमा म दुःख व्यक्त गर्न चाहन्छु । उद्योगीहरूलाई पसलमा ढुंगा मुढा गरियो । लुटपाट मच्याउने काम भयो ,’ उनले भने । मुलुकमा लोकतन्त्र नहुँदा सञ्चारजगत त्रसित, प्रतिबन्धित र निर्देशित हुने भन्दै वर्तमान सरकारले सञ्चारको सुरक्षा गर्ने गृहमन्त्री लेखकले बताए।

प्रतिक्रिया दिनुहोस