१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाको प्रदर्शन भव्य र सभ्य भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् ।

‘शालीन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्छु’ सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

उक्त कार्यक्रम भव्य रहेको भनेर पनि उनले धन्यवाद दिए । अगाडि भने, ‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शन मार्गीमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो, सरकारलाई खबरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो ।’

शान्ति सुव्यवस्था कायम राख्दै विरोध र आलोचना गर्न पाइने संवैधानिक अधिकार रहेको उनले बताए । त्यसखाले आवाजलाई सम्मान गरिने उनले बताए ।

चैत १५ गते राजधानीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले प्रदर्शन गरेको थियो ।

उक्त प्रदर्शन शालीन रहेको भनेका प्रधानमन्त्री अ‍ोलीले तीनकुनेमा राजावादीले गरेको प्रदर्शन उत्तेजक रहेको भनेर आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस