११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई महानगरले नस्वीकार्ने

अ+ अ-

उपमेयर भन्छिन्, ‘अन्य पालिकामा रहँदा हिजोका दिनमा विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई हामीले प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार गर्न सक्दैनौँ ।’

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका कर्मचारी महानगरले स्वीकार नगर्ने भएको छ । विराटनगर महानगरपालिकाले मन्त्रालयले सरुवा गरी पठाएका सहसचिव रामचरित्र मेहतालाई हाजिर नगराउने भएको हो ।

पालिकाका कुनै पनि प्रतिनिधिसँग मन्त्रालयले सल्लाह नै नगरी मेहतालाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको भन्दै उनलाई नस्विकार्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले बताइन । 

उनी अन्य पालिकामा रहँदा विभिन्न विवादमा मुछिएको पाइएकाले उनलाई पालिकामा हाजिर नगराएको कार्कीको भनाइ छ । उनले भनिन्, ‘हाम्रो पालिकामा रहेका कर्मचारी जनप्रतिनिधि लगायत अन्य कुनै पनि प्रतिनिधि त्यस्ता विवादमा मुछिएका छैनौँ, त्यसकारण विवादमा मुछिएका व्यक्तिलाई पालिकामा पठाउँदा समस्या उत्पन्न हुने भएकाले हामीले यो निर्णय लिएका हौँ ।’

मन्त्रालयले मंगलबार ४७ जना सहसचिवहरूको सरुवा गर्दा मेहतालाई विराटनगर पठाइएको थियो । शिक्षा सेवाका कर्मचारी मेहता युवा तथा खेलकुद मन्त्रालय मातहतका निकायमा कार्यरत थिए । यसअघि उनी इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । त्यसअघि उनले भोक्राह गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिसकेका छन् । 

यस्तो छ महानगरले हाजिर नगराउनुको कारण 
मेहता इटहरी उपमहानगरपालिकामा काम गर्दा विवादमा मुछिएका थिए । गत २८ पुसमा उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल र रामचरित्र मेहता मिलेर पालिकाका अरु प्रतिनिधिलाई नसोधी गैर जिम्मेवार पूर्ण रूपमा कर्मचारीहरूको सरुवा गरेको आरोप उनीमाथि छ । नगर प्रमुख र मेहताको निर्देशनमा इटहरी उपमहानगरपालिकाका तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरुवा गरिएको थियो । 

यसरी विवादमा  मुछिएका कर्मचारीलाई विराटनगर महानगरपालिकाले नस्विकार्ने अडान लिएको हो । यसअघि पनि पटक-पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई हाजिर हुन नदिएका हुन् । पालिकाका कुनै पनि प्रतिनिधिसँग मेहताले सहमति नलिई सरुवा भएर आएको र उनको कार्यशैली ठिक नदेखिएकोले स्वीकार्न नसकिने उपमेयर कार्कीले बताइन् ।  

‘हिजो इटहरीमा त्यत्रो विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई हामीले कसरी स्वीकार गर्न सक्दैनौँ’, उनले भनिन्, ‘हामीले अरूलाई पठाए पनि उहाँलाई नपठाउन मन्त्रालयमा समेत भनेका थियौँ, तर मन्त्रालयले त्यही व्यक्तिलाई पालिकामा पठायो ।’ उनले थपिन, ‘मेयर र जनप्रतिनिधिसँग एक बचन पनि नसोधी पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हामीले स्वीर्कादैनौँ ।’ 

अहिले उपसचिव राम प्रसाद ढुंगेललाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस