काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार दायर गरेको मुद्दामा ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ। बिगोबमोजिम कैद र जरिवानाको मागसँगै बिलिङ प्रकरणमा भएको ९ करोड ८८ लाख रुपैयाँको हानि नोक्सानी असुल गर्नसमेत माग गरिएको छ।







