काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरी उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सूचना जारी गरी उपसचिव वा सो सरह पदका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८२-१७१८३/०८१-८२ (खुला र महिला), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८१/०८१-८२ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरिएको छ ।








