२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र

अ+ अ-

झापा । ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ । 

संघीय सरकार, प्रदेश सरकार र पालिकाको रु तीन करोड ५० लाखको लागतमा सो केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।  मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर भवन निर्माण गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । 

मेचीनगर–८ मा निर्माण भएको भवन नगर गौरवका योजनामध्येको एक रहेको उनको भनाइ छ । उनले सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने बताइन् । “हामी उहाँहरूले इच्छाएको सीप सिकाएर दक्ष बनाउँछौँ”, उनले भनिन्, “सीप सिकेर उत्पादन गरिएका सामग्रीको बजारीकरणमा समेत सहकार्य गर्छौँ ।” उद्यमी बन्न चाहाने महिलाहरूका लागि यो तालिम केन्द्र उपलब्धिमूलक हुने उपप्रमुख उप्रेतीले बताइन् । 

नगरपालिकाको गौरवको योजनाअन्तर्गत विसं २०७४ देखि भवन निर्माणका लागि सुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्तीलगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने, त्यस्तै महिलाहरूको लागि कम्प्युटर तालिम, आयआर्जनका विभिन्न सीपमूलक तालिम मायाको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, ढाका बुन्नेलगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

जसमध्ये ढाका बुन्ने तीन महिने तालिमको सुरुआत समेत गरिसकेको छ । महिलाहरूको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा सीप र आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी नगरपालिकाले तालिम केन्द्रको स्थापना गरेको नगर उपप्रमुख उप्रेती बताउछिन् ।