२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रअलाई स्पष्टीकरण सोधिएको भोलिपल्टै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, बाहिरैबाट सेवा प्रवाह

अ+ अ-

काठमाडौँ । अनियमितता र भुक्तानीको विषयमा प्रधानाध्यापकसँग स्पष्टीकरण मागिएको भोलिपल्टै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

सुनकोसी गाउँपालिका–३ स्थित एक माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता र भुक्तानी प्रक्रियालाई लिएर प्रगतिशील नमुना माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरिता चौलागाईंसँग स्पष्टीकरण मागिएको थियो। उक्त कदमपछि दुई दिनदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरिएको हो।

तालाबन्दी उपाध्यक्षसहित पालिकाका चार जना वडाध्यक्षले गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत दर्जीले भने कार्यकक्षको मूल ढोका बन्द गरिए पनि आफू बाहिरै बसेर पालिकाका अन्य कामकाज सञ्चालन गरिरहेका छन्। उनका अनुसार, विद्यालयको आर्थिक कारोबारमा कैफियत भेटिएपछि स्पष्टीकरण मागिएको हो। विद्यालय भवन निर्माण सम्पन्न भइसकेपछि ठेकदार कम्पनीलाई पुष महिनामै भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म रु. १६ लाखभन्दा बढी रकम अपुग रहेको पाइएको थियो।

भुक्तानी प्रक्रिया र विवादको जड
गाउँपालिकाले विद्यालय भवन निर्माणको लागि ६८ लाख ९७ हजार रुपैयाँ निकासा गरेको थियो। तर, विद्यालयले निर्माण कम्पनी आर.बी. सिद्धार्थ कन्ट्रक्सन प्रालिलाई हालसम्म पनि १६ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्न सकेको छैन।

यसैबीच प्रधानाध्यापक चौलागाईंमाथि भवन निर्माणसम्बन्धी रकम हिनामिना र नियम विपरीत सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयमा मुद्दा दर्ता भइसकेको छ। सोही विषयमा गाउँपालिकामा समेत तीन वटा लिखित उजुरी परेको गाउँपालिकाले जनाएको छ ।

उक्त उजुरीका आधारमा गाउँपालिकाले शिक्षा सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८० अनुसार स्पष्टीकरण मागेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताए। तर, स्पष्टीकरण मागिएको भोलिपल्टै उपाध्यक्ष र केही वडाध्यक्षहरू मिलेर कार्यकक्षमा तालाबन्दी गर्नु संस्थागत प्रक्रिया बाधा पुर्याउने कार्य भएको दर्जीको बताए ।

प्रमुख प्रशासकीय अधिकृतले विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भए पनि प्रअ चौलागाईंलाई स्पष्टीकरण सोधे पछि उनको कार्यकक्षमा तालाबन्दी गरिएको एक वडा अध्यक्षले बताए । प्रशासन डटकमले प्रधानाध्यापक चौलागाईंसँग बुझ्न खोज्दा उनले यसबारेमा बोल्न चाहिनन् ।

हेर्नुहोस् पालिकाले सोधेको स्पष्टीकरण :