२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।

जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।

यस्तै सत्ता पक्षबाट नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् ।

सदनमा यस विषयमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् ।

तर, सरकारका मन्त्री समेत कार्यदलमा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रश्न उठाएका छन् ।

उनले कार्यदलमा सरकारका मन्त्री सहभागी गराउन नहुने बताए ।

तर मुख्यमन्त्री सतिशकुमार सिंहले सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै कार्यदल गठन भएको जवाफ दिएका छन् ।

सहमति अनुसार भएको कार्यदल गठनबारेमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनको तर्क छ ।

यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि सदन बैठक स्थगित गरेका छन् ।

विपक्षी दलहरूले नियमित चार दिनदेखि बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।