२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटबारे आवश्यक छानबिनका लागि गठित कार्यदल पुनर्गठन

अ+ अ-

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न बिहीबार गठित कार्यदल पुनर्गठन गरिएको छ ।

बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो । शनिवार प्रदेश सभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गरे। 

समितिको सदस्यमा सत्ता पक्षबाट नेपाली काँग्रेसका मोहम्मद समिम, जङ्गीलाल राय, नागेन्द्र साह, एमालेका सारदादेवी थापा, जनमत पार्टीका चन्दन सिंह, शम्भु साह र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) नेपालकी रमिता प्रधान रहेकी छन् । 

यस्तै, विपक्षी दलहरूका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सदस्य रहेकी छन् ।

समिति पुनर्गठनसँगै मधेस प्रदेश सभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । यहाँ विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए ।

विपक्षीको माग सम्बोधन गर्न आवश्यक छानबिनका लागि भन्दै बिहीबार सभामुख मण्डलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएपछि विपक्षी दलले अस्वीकार गरेका थिए ।