२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमनका महानिर्देशक र विमानस्थल कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा: विभागमा तिवारी, कार्यालयमा घिमिरे

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरिएको छ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालयले अध्यागमन विभाग कालिकास्थानमा रामचन्द्र तिवारी र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरहरि घिमिरेलाई पठाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता तिवारीलाई विभाग कालिकास्थान काठमाडौँको महानिर्देशक बनाइ पठाइएसँगै गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा ल्याइएको छ । रिजाल शालीन, भद्र एवं इमान्दार सहसचिवका रूपमा चिनिन्छन् । चर्चित भिजिट भिसा प्रकरणमा कहीँ कतै पनि नजोडिएका रिजाल दर्जनौँ जिल्लाको प्रजिअ भई सकेका अनुभवी प्रशासकका रुपमा परिचित छन् ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव घिमिरेलाई पठाइएको छ । आफ्नो ५२ दिनको कार्यकालमा कोइरालाले प्रशासनिक सुधारका लागि सकरात्मक प्रयास गरेका थिए ।

घिमिरे गृह आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

यस्तै गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।