२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार ढकाल अवकाश

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएका छन्। पुस २०७९ मा मुख्य रजिष्ट्रार पदमा नियुक्त भएका ढकाल ५८ वर्षे सेवा अवधिको सीमा पुगेपछि अवकाश भएका हुन्।

असार २०७४ देखि सर्वोच्च अदालतमा मुख्यसचिव सरहको जिम्मेवारीमा मुख्य रजिष्ट्रार राख्ने अभ्यास सुरु भएको हो। सो अवधिमा नियुक्त भएका पाँच जना मुख्य रजिष्ट्रारमध्ये ढकाल न्यायाधीशमा नियुक्त नभई अवकाश हुने पहिलो व्यक्ति बनेका छन्।

अब खाली भएको मुख्य रजिष्ट्रार पदका लागि सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल र भद्रकाली पोखरेल मुख्य दाबेदार मानिएका छन्। उनीहरूमध्ये एक जनालाई न्यायसेवा आयोगले सिफारिस गर्नेछ।

यसअघिका मुख्य रजिस्ट्रारहरू डा. नहकुल सुवेदी, राजनप्रसाद भट्टराई, नृपध्वज निरौला र लालबहादुर कुँवर उच्च अदालतमा न्यायाधीश पदमा नियुक्त भइसकेका छन्।

तीमध्ये सुवेदी र निरौला सोझै उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए भने भट्टराई र कुँवर न्यायाधीश नियुक्त भइसकेपछि पुनः मुख्य रजिष्ट्रार पदमा आएका थिए।