काठमाडौँ । पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन् ।
गतवर्ष यो कोर्स पूरा गरेका डा. शाहीलाई सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी)ले प्रतिष्ठित एसआईटीसी जी सर्टिफिकेट प्रदान गरेको छ । यो सर्टिफिकेट प्राप्त गर्ने उनी पहिलो नेपाली चिकित्सक हुन् ।
एसआईटीसीले डा. शाहीको यो उपलब्धिलाई नेपालमा क्यान्सरको आधुनिक उपचार विधि, इम्युनोथेरापी भित्र्याउने दिशामा कोसेढुंगा ठानेको छ । यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको नयाँ सम्भावना र आशा जगाएको छ ।







