२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण

अ+ अ-

सुर्खेत । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । सोमवार थापाले कार्यालयको निरीक्षणका क्रममा उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण तथा अवलोकन गरेका हुन् । साथै उनले कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपणसमेत गरे।

निरीक्षण पश्चात् आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले भौगोलिक जटिलताको बाबजुद उपलब्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

प्रहरी महानिरीक्षक थापाले लागू औषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतीको रूपमा देखा परेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थिए ।