२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङको दाबी : ‘लिपुलेक सहमतिबारे मोदी र सीलाई प्रश्न गर्छौँ’ 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भारत-चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा मार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले दुई देशले गरेको सहमतिबारे मोदी र जिनपिङलाई प्रश्न गर्ने बेला आएको बताएका हुन् ।

चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप उनको थियो ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ,’ उनले भने ।

मन्त्री गुरुङले थपे, ‘नेपाल र चीनको बीचमा भएका धेरै सम्झौताहरू र बोर्डर इस्युहरूमा जे खालको सहमति छ, त्यसमा लिपुलेक त हाम्रो हो भन्ने उनीहरूलाई थाहा छ नि त १’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने उनले बताए । ‘व्यापारको कुरामा चीनको पनि स्पष्ट कुरा देखिएन । यो विषयमा आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा छोटो वार्ता गर्ने हाम्रो योजना रहेको छ ।’