२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री न्यौपानेसँग स्वीस राजदूत माइयरको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत तथा स्वीस दूतावासका विकास सहायता प्रमुख मथियास माइयरबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि कायम रहेको नेपाल-स्वीट्जरल्याण्डबिचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै, नेपालको आर्थिक-सामाजिक विकासमा स्वीस विकास सहयोगले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

मन्त्री न्यौपानेले कोशी र बागमती प्रदेशका नगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि स्वीस सरकार र अर्थ मन्त्रालयको सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको उल्लेख गर्दै, चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।

उनले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दोस्रो चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक उपलब्धि भन्दै, पहिलो चरणको अनुभवका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। साथै, स्वीस सरकार, युरोपेली संघलगायतका विकास साझेदारहरूको निरन्तर सहयोगप्रति धन्यवाद पनि ज्ञापन गरेकी थिइन्।

सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिँदै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेका छन्।