काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगको लागि कर्मचारीको दरबन्दी स्वीकृति गरेको छ ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको रकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।







