२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्न ऐन संशोधन हुन्छ’ : मन्त्री अधिकारी 

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गरिने बताएका छन् । 

सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा उनले कानुनी समस्या नहुने गरी सहकारी क्षेत्रलाई अनुशासित र व्यवस्थित गर्न आवश्यक परेकाले समयसापेक्ष रूपमा परिवर्तन गरिने धारणा राखे । सहकारी ऐन संशोधन भएपछि सोहीअनुसार कार्यविधि पनि बनाइने मन्त्री अधिकारीले जानकारी दिए । 

सहकारी क्षेत्रमा समस्या आएपछि त्यसलाई व्यवस्थित गर्न सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायधीकरणलगायत संरचना बनिसकेको बताउँदै उनले बाँकी संरचना पनि बनाउने क्रममा रहेको मन्त्री अधिकारीले जानकारी दिए । 

सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीबाट व्यापार, व्यवसाय गर्न ऋण लगेकाले नतिरेकै कारण समस्या आएको बताउँदै कसरी पैसा उठाउने भन्नेतिर पनि सरकारको ध्यान जानुपर्ने धारणा राखिन् । सहकारीले सकारात्मक काम पनि गरेकाले नकारात्मक विषय सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदीय छानबिन समितिले दिएको सुझावअनुसार सहकारी नियमन प्राधिकरण बनेपछि सहकारी क्षेत्रमा सुधार हुने आशा गरिएको बताए । उनले एक वर्ष बित्न लाग्दा पनि अधिकांश काम नभएर असन्तुष्टि आउन थालेकाले कामलाई तीव्रता दिन अनुरोध गरे । प्राधिकरणबाट नयाँ निर्देशन पनि आउने गरे पनि अझै बचत ऋणको स्पष्ट परिभाषा भने हुन नसकेको उनको विचार थियो ।

कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।