२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री सचिवालयले नै सरकारको निर्णय उल्लंघन गरेको भन्दै चौतर्फी आलोचना

अ+ अ-

काठमाडौँ । सरकारले अत्यधिक प्रयोगमा रहेका तर सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले ती ‘प्रतिबन्धित’ सञ्जाल प्रयोग गरिरहेकाले चौतर्फी आलोचना भएको छ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले बिहीबार मात्रै सो निर्णय सार्वजनिक गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जालहरू बन्द गर्ने प्रक्रिया अघि बढाएका थिए। तर कतिपय प्रयोगकर्ताहरूले वैकल्पिक माध्यममार्फत सामाजिक सञ्जाल चलाइरहेका छन्।

यसबीचमा, सरकारी निर्देशनलाई बेवास्ता गर्दै प्रधानमन्त्री सचिवालय आफैँले फेसबुक र ह्वाट्सएपमार्फत सूचना सम्प्रेषण गरिरहेको छ। आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनसम्बन्धी गतिविधि प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज र ह्वाट्सएप ग्रुपमार्फत प्रसारित गरिएको छ।

प्रधानमन्त्री सचिवालयले यसबारे स्पष्टीकरण दिँदै भनेको छ, “सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको होइन, चलाउने मिल्ने सबै सञ्जाल सबैले चलाइरहेका छन्। हामीले पनि त्यही गरेका हौँ।”

तर, नीति बनाउने निकायले नै आफ्नै निर्णयलाई पालना नगरेको भन्दै सामाजिक सञ्जालमै विरोध सुरु भएको छ। प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजमा गरिएको पछिल्लो पोस्टमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आलोचना गरेका छन्।