काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रशासन सिँहदरवार विशेष स्रोतका अनुसार उनले निकटस्थसँग राजीनामा दिने निर्णय सुनाइसकेका छन्।
जेन जेड आन्दोलन चर्कँदै जाँदा मुलुकभर आक्रोशित प्रदर्शन भइरहेको र नेतामाथि आक्रमण तथा आगजनीका घटना बढिरहेका बेला प्रधानमन्त्रीले राजीनामा दिने मनसाय व्यक्त गरेको बताइएको छ।
उनले छिट्टै औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ।







