काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेन जेड प्रदर्शनकारीहरू भेला भई विमानस्थलभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
विमानस्थल बिहानैदेखि बन्द गरिएको छ। भिडमा रहेका प्रदर्शनकारीहरूले “पुराना नेताहरू भाग्न विमानस्थल प्रयोग गर्छन्” भन्दै नाराबाजी गर्दै प्रदर्शन चर्काएका छन्।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो भने आज थप तीन जनाको मृत्यु भएको छ । त्यसपछिका घटनाक्रमले झन् आक्रोशित बनेका जेन जेड युवाहरू मंगलबार पनि सडकमा उत्रिएका छन्।
कर्फ्यू आदेशलाई अटेरी गर्दै उनीहरूले सिंहदरवारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। अहिले पनि विभिन्न ठाउँमा प्रदर्शन जारी रहेको छ।







