२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल सुधार गृहमा हुलदंगा: १४७ कैदी बन्दी भागे, ६ फिर्ता, सम्पर्कविहीन भएकालाई फिर्ता हुन अनुरोध

अ+ अ-

काठमाडौँ । जेनजेड युवाहरूको राष्ट्रव्यापी आन्दोलनको क्रममा असहज परिस्थितिको फाइदा उठाउँदै बाँके कारागार, नौबस्तामा रहेका बाल सुधार गृहका बालविज्याइ कर्ताहरुले हुलदंगा गरेका छन्।

कारागार कार्यालयका अनुसार, बालविज्याइ कर्ताहरुले सुधार गृहभित्र अराजक गतिविधि गर्दै सामग्री नष्ट गरे भने सुरक्षाकर्मीहरूको हातहतियार खोस्ने प्रयाससमेत गरेका थिए। उनीहरूले कारागारको मुख्य प्रवेशद्वार ९मेन गेट० तोडफोड गरी खुला राखेपछि कारागारभित्र रहेका १४७ कैदीबन्दीहरु भाग्न सफल भएका थिए।

हालसम्म भागेका १४७ मध्ये ६ जनालाई फिर्ता ल्याएर पुनः कारागारमा राखिएको छ। बाँकी कैदीबन्दीहरु सम्पर्कमा नआएकाले सम्बन्धित व्यक्तिहरू, उनका आफन्त, नातागोता वा साथीभाइहरूबाट तुरुन्तै कारागार कार्यालयमा उपस्थित गराउन अनुरोध गरिएको छ।

कारागार प्रशासक जालन्धर भुसालका अनुसार, यस सूचनालाई बेवास्ता गर्दा वा अटेर गर्दा कारागार ऐन, २०७९ को दफा ४९ अनुसार १० वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने चेतावनी जारी गरिएको छ।

कारागारले सबै नागरिकलाई यस विषयमा सचेत रहन र सम्पर्कमा रहेका कुनै पनि कैदीबन्दीलाई यथाशीघ्र कारागारमा फर्काउन सहयोग गर्न अपिल गरेको छ।