२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि निस्कने बेलाको साक्षी आफू रहेको भन्दै आफ्नै अगाडि पत्रमा हस्ताक्षर भएको डीपी अर्यालको दाबी 

अ+ अ-

काठमाडौं । पार्टी सभापति रवि लामिछाने छुट्दा नख्खु कारागारबाट पाएको पत्रबारे चर्को आलोचना भएपछि कार्यवाहक सभापति डिपी अर्यालले प्रष्टीकरण दिएका छन्। सभापति लामिछाने निस्कने बेलाको साक्षी आफू रहेको भन्दै आफ्नै अगाडि पत्रमा हस्ताक्षर भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने म हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा ब्यहोराहरू तलमाथि भएको हुन सक्छन्, मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ। यस्ता पत्रहरू कम्प्युटरमा भएकै ब्यहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान् । कुरा त्यति हो।’

गृह मन्त्रालय लगायतका सुरक्षा निकाय सबैसँग आफैँले समन्वय गरेर मिलाएको जिकिर गरेका छन्।

उनले थपेका छन्, ‘यसमा सभापतिज्यूलाई केही जानकारी छैन । सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु। कोही भ्रममा नपर्नुस् पार्टी सभापतिलाई जेलले निस्क भन्यो। उहाँले पत्र माग्नुभयो। हामीले समन्वय गर्‍यौ । यसमा उहाँको के दोष रु एक तर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन। १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो।’

समयमा सभापति लामिछानेलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको उनको जिकिर छ।

उनले थपेका छन्, ‘दुनियाँले देखेको छ उहाँ भाग्नुभएको होइन। हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नख्खु कारागारको अवस्था ठिक छैन। त्यसैले सिडिओ लगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौँ। बोलाउने बित्तिकै आउँछौँ भनेर भनेका छौँ। आज पनि पार्टी सभापति कारागार आउन निस्कनुभयो तर मैले म पहिला सिडिओ र जेलरसँग समन्वय गरेर कारागारको अवस्था बुझ्छु भने । म सिडिओ कार्यालयमा जेलर साप सहित बसेको थिए।’

कारागारमा ठूलो क्षति भएकाले सुरक्षा चुनौती कायम रहेको बताए ।

‘पार्टी सभापतिको सुरक्षा अहिले पनि मेरो लागि पहिलो प्राथमिकता हो। हामीबाट र पार्टी सभापतिबाट कुनै गल्ती कमजोरी भएको छैन’ उनले जिकिर गर्दै भनेका छन्, ‘सबै संयन्त्रसँग समन्वयमा बसेको मान्छेलाई बदनाम गराउन मिल्छ रु मुलुकको अवस्था जटिल छ, त्यता ध्यान दिनुस् व्यक्तिको बदनामीमा नलाग्नुस्।’