काठमाडौँ । तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् ।
उनले एक सन्देश पठाउँदै कार्कीलाई बधाइ दिएको तिब्बती समाचार एजेन्सीले जनाएको छ ।
पत्रमा भनिएको छ ‘तपाईँलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् । म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
छिमेकी देश चीनले अहिलेसम्म औपचारिक बधाई सन्देश नपठाएको अवस्थामा दलाई लामाले पहिलो पटक नेपालको प्रधानमन्त्रीलाई बधाई सन्देश दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।







