२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

अ+ अ-

काठमाडौँ । चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी सुरु भएको हो । “बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात–निर्यात हुन सकेको छैन । चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ । त्यहाँबाट नियमित जाँचपास सुरु भइसकेको छ”, बर्तौलाले भने ।

कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यो नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सार नाकाबाटसमेत आयात गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । 

यसअघि बैंक तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए ।