२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै शरणार्थीको समस्या समाधान गरिदिन तिब्बती प्रशासन प्रमुखको आग्रह

अ+ अ-

काठमाडौँ । तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।

प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्।

‘गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईँको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो भविष्यको आशा दुवै हो, ’बधाई सन्देशमा भनिएको छ। उनले नेपाली जनताको बलिदान, विशेष गरी जेन जेड क्रान्तिको समयमा गरिएको योगदानको पनि उल्लेख गरिएको छ।

धर्मगुरु दलाई लामाले पनि नेपाल र तिब्बतीबीचको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेको सन्देशमा भनिएको छ। सन् १९५९ देखि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्। ‘म यो ऐतिहासिक सम्बन्धको महत्वलाई पुनः जोड दिन चाहन्छु, ’सन्देशमा भनिएको छ।

नेपालमा शरण लिन बाध्य तिब्बतीहरूको अवस्था अहिले जटिल रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। ‘हामीले विगतका वर्षहरूमा गरेका सबै प्रयासहरू असफल भएका छन्, तर तपाईँको नेतृत्वमा हामीलाई आशाको किरण देखिएको छ, ’सिक्योङले भनेका छन्।

उनले यही सरकारले नेपालमा रहेका तिब्बत शरणार्थीहरूले राहत पाउने विश्वास व्यक्त गरेका छन्। ‘हामी तपाईँलाई विश्वस्त गराउन चाहन्छौँ कि तिब्बती जनता नेपालको विकासमा सकारात्मक रूपमा सहभागी हुनेछन्,’ सन्देशमा भनिएको छ।