२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

अ+ अ-

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा रु. १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको छ । 

जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए । 

गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएका उनले बताए । 

कार्यालय प्रमुख पौडेलका अनुसार कर्मचारीको निवासमा रहेका लत्ताकपडा र कागजात एवं रकम समेत लुटेर लगेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित  कार्यालयको नियमित सेवा सञ्चालन तथा क्षतिसबन्धी समीक्षा बैठकमा भन्सार प्रमुख पौडेलले आफ्नो कार्यालयको अवस्था तथा क्षतिको विवरण प्रस्तुत गरे । 

भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट भन्सार जाँच पास सुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही  छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । जनकपुरधाम भन्सार कार्यालय तोडफोड र आगजनीका कारण सञ्चालनको अवस्थामा छैन । 

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सरकारी कार्यालयबाट जनताको कामलाई इमान्दारीपूर्वक, छिटोछरितो, सरल तथा सहज गर्न निर्देशन दिए ।