काठमाडौँ । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवा, राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका लागि अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले चार जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो।
आयोगको विज्ञापन नं. १६६७९-१६६८१/०८१-८२ (खुला, महिला र आदिवासी/जनजाति समावेशी) अन्तर्गत भएको प्रतिस्पर्धात्मक परीक्षाबाट सफल भई अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूको कुल प्राप्ताङ्कका आधारमा एकमुष्ठ योग्यताक्रम तोकिएको हो।
सिफारिस भएका उम्मेदवारहरूमा खुल्ला तर्फ गंगा सुन्दास र पुजा बेल्वासे सिफारिस भएका छन् भने महिला तर्फ सुजना अर्याल र टार्जनकुमार लिम्बु आदिवासी जनजातितर्फबाट सिफारिस भएका हुन् ।








