काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याललाई आन्दोलनरत कर्मचारीहरूले कार्यालयमा प्रवेश निषेध गरेका छन् ।
आफ्नो माग पूरा नभएसम्म अध्यक्षलाई कार्यालयमा छिर्न नदिने कालो पट्टी बाँधेर बसेका कर्मचारीहरूको अडान छ ।
तीन दिनयता जारी आन्दोलनमा नेप्सेका कर्मचारीहरूले सेवा सुविधासम्बन्धी समस्या उठाउँदै आएका छन्। उनीहरूले अध्यक्ष बस्यालसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुँडामणि चापागाईंको राजीनामा पनि माग गरेका छन्।







