२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् ।

प्रतिनिधि सभाको छैटौँ अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए ।

यही भदौ २३ र २४ गते जेन जेडको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधि सभाको कामकारवाहीको विवरण सार्वजनिक गरेको हो ।

वर्षे अधिवेशन समेत लिइने छैटौँ अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो । बजेट आश्रित विधेयकहरू पनि पारित गर्‍यो ।

उक्त अधिवेशनमा प्रतिनिधि सभामा १० वटा सरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भए, २ वटा विधेयक प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रिय सभामा पठाइएको थियो । ४ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा थिए । नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथिको सैद्धान्तिक छलफल सकिएको थियो ।

सभाको अघिल्ला अधिवेशनहरू मार्फत प्राप्त १८ सरकारी र २ गैरसरकारी विधेयक मध्ये ४ वटा विधेयकहरू संघीय संसदबाट पारित भए ।

संघीय निजामती सेवा विधेयक र जलस्रोत विधेयक सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको थियो ।

विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस भएको थियो । १० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका थिए र २ वटा गैरसरकारी विधेयक दर्ता मात्रको स्थितिमा रहेका थिए ।

राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सभामा टेबुल मात्र भएको थियो ।

राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त पानी जहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको थियो ।

साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयकहरू मध्ये शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, सभाबाट पारित गरी फिर्ता पठाइएको छ । बाँकी विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन अवस्थामा थिए भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेय सभामा प्रस्तुत मात्रको स्थितिमा रहेको थियो ।

प्रतिनिधिसभाको चालू अधिवेशनमा सदस्यहरूबाट दर्ता भएका विभिन्न मन्त्रालयसँग सम्बन्धित १७७ वटा मौखिक र १० वटा लिखित प्रपत्रहरू मध्ये १६४ वटा मौखिक प्रश्नहरू र ९ वटा लिखित पत्रको उत्तर प्राप्त भएका थिए ।