काठमाडौँ । सरकारले भदौ २२ र २३ गते भएको जेन जेड आन्दोलनमा घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि विशेष अस्पताल तोक्ने निर्णय गरेको छ। ती अस्पतालमा जेनजेड क्लिनिक पनि सञ्चालन हुने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। पुनः उपचारमा जाने घाइतेहरूलाई निःशुल्क आवतजावतको व्यवस्था सरकारले मिलाउने र उनीहरूको सहजीकरणको लागि सम्बन्धित सम्पर्क व्यक्ति तोकिने सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
साथै, घाइते व्यक्तिहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गरिनेछ। समितिले वर्गीकरण गरेपछि उनीहरूलाई उचित राहत उपलब्ध गराउने निर्णय पनि गरिएको खरेलले बताए।







