२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा वितरण

अ+ अ-

काठमाडौँ । लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । 

क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणासमेत प्रदान गरिएको बताए । त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक खाना पनि खुवाइएको उनले बताए । 

यस पटकको स्थापना दिवस फरक ढंगले मनाउने प्रयासअनुसार आश्रममा कार्यक्रम गरिएको क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले बताए । “बडादसैँमा नयाँ कपडा लगाउने, मीठो खानेकुरा खाने प्रचलन छ, नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूति पनि हुँदैन, अभिभावकविहीन बालबालिकालाई आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि सोमबार उनीहरूलाई नयाँ लत्ताकपडा वितरण गरिएको हो”, उनले भने ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले दसैँ आफ्नो परिवारमा बसेर रमाउने मात्र नभई अरूको जीवनमा पनि खुसी ल्याउन सकियोस् भन्ने उद्देश्यले क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बर्ताए।

त्यस्तै निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानांगले लायन्स क्लब अफ सिद्धार्थनगर युथले सामाजिक कार्यलाई बहन गर्दै आएको बताए । सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर मिना पन्थीले आफ्नो खर्च कटाएर क्लबका सदस्यले सेवाको हात अगाडि बढाउनु प्रशंसनीय रहेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर यूथका संस्थापक अध्यक्ष चर्चित श्रेष्ठले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभूति भएको बताए। कार्यक्रममा क्लबका संस्थापक सदस्यलाई सम्मान गरिएको सचिव विराट गुरुङले बताए। नेपाल अविनाश अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।