काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिए ।







